मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी कार्यालय तोडफोडप्रति नेविसङ्घद्वारा भत्र्सना

पार्टी कार्यालय तोडफोडप्रति नेविसङ्घद्वारा भत्र्सना


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरूमा भएको  तोडफोड घटनाप्रति भत्र्सना गरेको छ । 
 
नेवि सङ्घले आज एक विज्ञप्ति जारी गर्दै धनुषा, महोत्तरी, सुनसरी र सप्तरी जिल्लामा भएको पार्टी कार्यालय तोडफोडको भत्र्सना गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्वाञ्जलि व्यक्त गरेको छ । 
 
सङ्घले २००७ सालदेखिको नेपाली जनताको चाहना पूरा गर्न संविधानसभाले चालेको कदमको स्वागत गरेको छ । विज्ञप्तिमा पर्सामा पार्टीका पूर्वसभापति एवम् लोकतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको शालिक ढालेको घटनाको निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ । 
 
सङ्घले वार्ता र संवादबाट आफ्ना माग राख्न आन्दोलनरत दललाई आग्रह गरेको छ । रासस