मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने एस मोडमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारीअनुसार पूर्वबाट पश्चिमतर्फ जाँंदै गरेको ना ४ ख ९६२७ नम्बरको टिपरले सोही दिशातर्फ जांदै गरेको ना ११ प ८४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका बर्दघाट नगरपालिका ५ बण्डाखोला करिब ४५ वर्षका सन्तबहादुर चौधरीको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा सोही ठाउँ निवासी मोटरसाइकल चालक अजयकुमार चौधरीको बर्दघाटमा उपचार भैरहेको प्रहरीले जनाएको छ । टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।