काउलेका भूकम्पपीडित २४ परिवारलाई घर हस्तान्तरण

चितवन । चितवनको पहाडी गाविस काउलेका भूकम्पपीडित २४ घरपरिवारका लागि निर्माण गरिएको अस्थायी घर शनिबार हस्तान्तरण गरिएको छ ।   नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले निर्माण गरिदिएको अस्थायी घर चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्तापित परिवारलाई हस्तान्तरण गरेका हुन् ।   काउले–४ गुछीबाङका भूकम्पबाट विस्थापित २४ परिवारलाई शक्तिखोर गाविसअन्र्तगत जुटपानी र शक्तिखोर गाविसको सीमानामा पर्ने…