मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक दिन बन्द हुँदा दुई अर्ब १८ करोड घाटा

एक दिन बन्द हुँदा दुई अर्ब १८ करोड घाटा


काठमाडौँ । मुलुकमा एक दिन बन्द हुँदा रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने गरेको छ । 
 
घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१÷७२ को उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा’ विषयक गोष्ठीमा सहभागी उद्योगीले बन्द हडतालले मुलुकलाई विकासको बाटोमा लैजान अवरोध पु¥याउने हुँदा त्यसो नगर्न आग्रह गरेका छन् । 
 
कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशमा अर्थतन्त्रको मेरुदण्डका रुपमा उद्योग कलकारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि उचित वातावरण मिलाउनुपर्ने बताए । 
 
उनले भने, ‘मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागि उद्योग क्षेत्रकै विकास हुनु जरुरी छ ।’ मन्त्री बस्नेतले उद्योग क्षेत्रको विकासका लागि विगतमा भएका कमीकमजोरीलाई छलफल गरेर आगामी कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक छ, भने । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक बन्दका कारण रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने बताए । उनले भने, ‘बन्दमा श्रमिकले काम नगरेको समयमा पनि पारिश्रमिक दिनुपर्दा उद्योगी मर्कामा परेका छन् ।’ 
 
मन्त्रालयका सचिव जयमुकुन्द खनालले जनताको चाहनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर समीक्षा बैठकमा छलफल गर्नु आवश्यक रहेको औँल्याए । 
 
समितिका अध्यक्ष जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदी, समितिका निर्देशक घनराज पन्त, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधान, समितिका योजना महाशाखा प्रमुख राजेन्द्र मिश्रलगायतले युवालाई तालिम दिएर स्वदेशमै आयआर्जनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 
समितिले हाल नेपालभरका अति दुर्गम र दुर्गम ४८ जिल्लामा आफ्नो शाखा विस्तार गरी घरेलुसम्बन्धी करिब १०० वटा तालिम प्रदान गर्दै आएको छ । पुनःनिर्माणका लागि भूकम्प प्रभावित १० जिल्लामा सिकर्मी तथा डकर्मीसम्बन्धी करिब दुई हजार जनशक्तिलाई तालिम दिएको जनाएको छ । यस्तै समितिले प्रत्येक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्रामको परिकल्पना गर्दै ९४ निर्वाचन क्षेत्रमा आफ्नो कार्यक्रम विस्तार गर्न लागेको छ । 
     
समितिले गत आवमा ७९ प्रतिशत प्रगति हासिल गरेको र परम्परागत पेसा प्रवद्र्धनका लागि नयाँ कार्यक्रम ल्याउन लागेको जनाएको छ । समितिले उपत्यकामा प्लास्टिकका झोलालाई बन्देज लगाउने वातावरण मन्त्रालयले गरेको निर्णयसँगै सो मन्त्रालयसँग मिलेर कपडा तथा कागजका झोला सिलाइबुनाइसम्बन्धी तालिम दिएको छ । 
     
सो समारोहमा मन्त्री बस्नेतले समितिबाट निकालिएको ‘अनुगमन तथा निरीक्षण प्रतिवेदन २०७२’ को विमोचन गरेका थिए ।