सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राखौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आआफ्ना स्थानबाट सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्म नछाडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकालपर्यन्त अक्षुण्ण राखेर मनुष्य जन्म सफल बनाउनुपर्ने बताउनुभएको छ ।    श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति आदिले विविधतायुक्त देशलाई एकताका रुपमा आबद्ध…