मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा सुवेदीलाई नागरिक सरोकार मञ्चको सम्मान

डा सुवेदीलाई नागरिक सरोकार मञ्चको सम्मान


चितवन । साइबर सुरक्षामा विद्यावारिधि गर्ने पहिलो नेपाली डा रामहरि सुवेदीलाई पश्चिमचितवनको नागरिक सरोकार मञ्चले बधाई तथा सम्मान गरेको छ । 
 
चित्रवन नगरवासी तथा चितवनकै गरिमाको रुपमा उनलाई सम्मान गरिएको मञ्चले जनाएको छ । नागरिक सरोकार मञ्चले आयोजना गरेको बधाई तथा सम्मानसँगै अभिमुखीकरण कार्यक्रममा साइबर सुरक्षामा पछाडी रहेको नेपालको विकासमा डा. सुवेदीले प्रभावकारी रुपमा लागेर देशको विकास गर्न नगरवासीहरुले उनलाई आग्रह गरेका छन् । 
 
लामो समय अमेरिकामा रहेर नासामा साइबर इन्जिनियरकै रुपमा काम गरेका डा. सुवेदीले पछिल्लो समय काठमाडौँमा पनि साइबर सुरक्षाको बारेमा आफ्नो प्रस्तुति दिइसकेका छन् । 
 
पछिल्लो समय ह््याकरहरुको कारण धेरै विद्यार्थीहरु समस्यामा पर्ने हुनाले उनको प्रस्तुति तथा जनचेतनाको लागि काठमाडौँका विभिन्न कलेजहरुले विद्यार्थीमाझ जनचेतना जगाउनसमेत माग गरेको छ । 
 
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति तथा नगर प्रतिनिधि टोपमान सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागीहरुले साइबर ह्याकरबाट बच्नको लागि अब अक्षर अंकको साँचो लगाउनुपर्ने बताए । 
 
प्रमुख अतिथि सिंहले कठिन विषयमा नेपालमै पहिलो हुन सफल डाक्टरलाई शुभकामनासहित चित्रवन नगरपालिकावासी तथा देशवासीको लागि डा. सुवेदीको खाँचो रहेको बताए । 
 
सम्मानपश्चात् बोल्दै विशिष्ट अतिथि डा.सुवेदीले कुनै पनि कुरा कम्प्युटरमा सेभ गरेर राखेका विषयमा ह्याकरले ह्याक गर्ने भएकोले त्यसको सुरक्षामा सबै सचेत रहन आग्रह गरे । कम्प्युटरमा ह्याक गर्नु भनेको जति छिटो परालको टौवामा आगोे सल्कन्छ त्यति नै छिटो भाइरस पस्ने हुनाले त्यसको सुरक्षाको लागि नेपालमा नै बसेर काम गर्ने बताए । 
 
नेपाल प्रेस युनियनका सचिव अनिल ढकालले स्वागत राखेको सो कार्यक्रममा डा. रामहरि सुवेदी नागरिक सरोकार मञ्चका सदस्य तथा नगरपालिकाका प्रतिनिधि विष्णु ढकाललगायतले बोलेका थिए । 
 
चित्रवन नगरवासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रम नागरिक सरोकार मञ्च चितवनका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको हो । साथै कार्यक्रममा आमा समूहहरुले वातावरण र गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँग सम्बन्धित गीत प्रस्तुत गरेका थिए ।