मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङ विद्यार्थीलाई भेटेरिनरी पढाउने घोषणा

चेपाङ विद्यार्थीलाई भेटेरिनरी पढाउने घोषणा


चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरका प्रबन्ध निर्देशक पुष्पराज शर्माले दुई जना चेपाङ विद्यार्थीलाई भेटेरिनरी जेटिए पढाउने घोषणा गरेका छन् । 
 
आफनो ५८ औँ जन्मोत्सव तथा महिलाहरुको महान् हरितालिका तीजको अवसरमा पूर्वी चितवनको रत्ननगर–१० स्थित मंगलपूरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा उनले केन्द्रमा आश्रित झलक चेपाङ र सावित्री चेपाङलाई निःशुल्क भेटेरिनरी जेटिए पठाउने घोषणा गरेका हुन् । 
 
जन्मदिन मनाउन छोरी प्रतीक्षा धितालसँगै केन्द्रमा पुगेका शर्माले तीजका अवसरमा केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई दरसमेत खुवाएका छन् । शर्माले यसअघि पनि केन्द्रमै आश्रित विवेक चेपाङ र रेशम चेपाङलाई निःशुल्क भेटेरिनरी जेटिए पढाइ सकेका छन् । 
 
यसबाहेक पनि शर्माले चेपाङ बालबालिकालाई आवश्यकीय लत्ताकपडा, स्टेशनरी र छात्रवृत्ति प्रदान गर्दै आएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।