रौतहट । रौतहटको जिल्ला विकास समितिको कार्यालयमा सोमबार आगजनी भएको छ । जिल्ला प्राविधिक कार्यालयले प्रयोग गर्ने सो भवनको एउटा कोठामा बिहान आगजनी भएको हो । जिल्ला प्रशासन कार्यालयको काजगातहरु स्टोर गरिएको सो कोठामा आगो लागेपछि सुरक्षाकर्मी र वारुणयन्त्रको मद्दतले आगो निभाइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्दको १६ औं दिन सोमबार…