मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गर्नुभएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)को ३७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनको आज यहाँ उद्घाटन गर्दै नेता देउवाले भारतबाट आउने सामान ढुवानीलाई सहज बनाउन आग्रह गर्नुभएको हो ।

नेता देउवाले तराईमा भएको लामो समयदेखिको आन्दोलनले कसैलाई फाइदा नपुग्ने भन्दै सो आन्दोलन तत्काल रोकेर वार्तामा आउन मधेसी दललाई आग्रहसमेत गर्नुभयो ।

उहाँले अहिलेको समस्या चाँडै समाधान हुने भन्दै धैर्य रहन सबै जनतालाई आग्रह गर्नुभयो । टानको अधिवेशनको केही क्षणमा बन्द सत्र सुरु हुने र आजै नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । रासस