मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दसैँअघि ग्यास पाउन सम्भव छैन

दसैँअघि ग्यास पाउन सम्भव छैन


काठमाडौँ । दसैंले छोपिसक्यो प्राय उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांशका सिलिन्डर रित्ता छन्, भरुँ त बजारमा पनि पाइँदैन । 
 
बजारमा पेट्रोलमात्र होइन, ग्यासका पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन् । विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।
 
राजधानीमा उपभोक्ताले कहिले पाउँछन् त ग्यास रु व्यवसायी भन्छन् – दसैंअघि सम्भव छैन ।
 
नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो । वीरगन्ज भन्सार अझै खुलेको छैन । खुलेपछि पनि ल्याएर राजधानीका उपभोक्ताका भान्सामा ग्यास पुर्‍याउन कम्तीमा एक साता लाग्छ । नागरिक दैनिकमा समाचार छ ।