मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

म्याच फिक्सिङ गरेवापत कुन कुन खेलमा कति कति पैसा खाए नेपाली खेलाडीहरुले ?

म्याच फिक्सिङ गरेवापत कुन कुन खेलमा कति कति पैसा खाए नेपाली खेलाडीहरुले ?


काठमाडौँ, २८ असोज– सन् २००८ मा भएको मोर्डेका कप, सन् २००९ को साफ च्यानपियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपुर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपुर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप, सन् २०१४ मा कोरियामा भएको खेल समेतका अन्तराष्ट्रिय फुटवल प्रतियोगिताहरुमा म्याच फिक्सिङ गरेको खुल्न आएको छ ।
 
अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी विदेशी भुमिमा नेपालको राष्ट्रिय झण्डा लिई सफथ  नेपालीहरुको स्वाभिमान र आत्मसम्मान चोट पुर्याउने उद्देश्यले म्याच फिक्सिङ गरेको प्रही बताउँछ । प्रहरी अनुसन्धानले भन्छ अन्तराष्ट्रिय फुलवल खेल हार्ने योजना वनाई मोटो रकम लिई खेल खेली हार्ने गरेको बिभिन्न श्रोतबाट खुल्न आएको छ ।
 
प्रहरीको टोलीले हिजो दिउँसो काठमाण्डौ तथा ललितपुरका बिभिन्न स्थानबाट नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडीहरु अन्जन के.सी., विकास सिंह क्षेत्री, तथा नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दिप राई लाई पक्राउ गरि राज्य बिरुद्धको अपराध अन्तर्गत अनुसन्धान कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
 
 
खुल्न आएका कुराहरु:
 
१.रितेश थापा, सन्दिप राई, सागर थापा, विकास सिंह क्षेत्री र अन्जन के.सी.लाई सोधपुछ गर्दा विभिन्न देशहरुमा भएका अन्तराष्ट्रिय स्तरको फुटवल खेलमा Match Fixing गरी नेपाली फुटवल टिमलाई हराई रकम लिने खाने गरेको खुल्न आएको । 
 
 
२.Western Union Money Transfer, Cyber Money Transfer समेतबाट नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पुर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट रकम प्राप्त गरेको ।
 
३.सन् २००८ मा Mordeka Cup मा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले USD 5000 लिएको खुल्न आएको ।
 
४.सन् २००९ को  SAAF Champioinship मा जम्मा USD 3061 लिई दामासाहीमा वाँडी लिएको ।
 
५.सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी USD 5000 लिएको ।
 
६.सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने सर्तमा निजहरु प्रति खेलाडीले USD 5000 लिएको । 
 
७.सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी USD 5000 लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।
 
८.सन् २०१४ मा कोरियामा भएको Under 23 Asia Championship Game मा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीेले USD 5000 लिएको ।
 
९.Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj, Woodland: Singapore का TitaniPeriasamy, Lot68 Ladang Bahau of No 10 Taman Permata का Kesavan Pattan समेतका Agent बाट अन्जन के.सी. रितेश थापा समेतले विभिन्न देशहरुबाट Money Transfer, Cyber Money Transfer मार्फत आएको रकम लिने गरेको खुल्न आएको । 
 
 
१०.Willson Raj, नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको ।
 
 
११.अन्जन के.सी. पुर्व खेलाडी भए तापनि विना हैसियत विभिन्न अन्तराष्ट्रिय फुटवल खेलहरुमा जस्तै फिलिपिन्स र दिल्लीमा भएको प्रतियोगितामा स्वयम आफैं उपस्थित भई  खेलाडीहरुलाई प्रभावित पार्ने गरेको खुल्न आएको ।