बर्दिया । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु¥याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु¥याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु¥याएपछि झडप भएको…