भीमदत्तनगर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार बिहान ८ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव दुई लाख २५ हजार तीन सय क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले महाकाली नदीमा पानीको बहाव बढिरहेको बताउनुभयो । दुई दिनदेखि भइरहेको…