मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएनए अध्यक्षका लागि घले र कार्कीको भिडन्त

एनआरएनए अध्यक्षका लागि घले र कार्कीको भिडन्त


हिमालय खबर संबाददाता,काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनको नयाँ नेतृत्वमा दुर्इजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सुरु सातौं अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
 
अध्यक्षको प्रतिस्पर्धामा रहेका पूर्वमहासचिव रतनकुमार झाले उम्मदवारी फिर्ता लिँदै घलेलार्इ समर्थन गरेपछि एनआरएनएको अध्यक्षका लागि दुर्इजनाबीच प्रतिस्पर्धा हुन लागेको हिमालय खबरका  प्रतिनिधिले जनाएका छन् । 
हिमालय खबरका लागि विषेश प्रतिनिधिका अनुसार झाको उम्मेदवारी फिर्तासँगै घले र कार्कीको भिडन्त चलिरहेको छ । अहिले मतदान प्रक्रिया भइरहेको छ । माहौल भने घलेकै पक्षमा देखिएको छ । 
 
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा ६ जनाबीच कडा प्रतिस्पर्धा छ । वर्तमान उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिएका छन् । 
 
यस्तै, महासचिवमा डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
 
यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ । अध्यक्ष पदको सहमतिका लागि प्रयासका क्रममा झाले उम्मेदवारी फिर्ता लिएका हुन् । अधिवेशनको दोस्रो दिन निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिने छ । जसका लागि अहिले मतदान भइरहेको घिमिरेले जनाएका छन् । 
 
सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ । आज ४ बजेपछि चुनावी परिणाम आउने अनुमान गरिएको छ । यससम्बन्धी थप विवरण हामी अपडेट गरिरहने छौँ ।