संविधानको स्वागतमा चितवनमा विजय उत्सव

चितवन । राष्ट्रपति डा रामवरण यादवले घोषणा गरेसँगै चितवनका विभिन्न चोक तथा सार्वजनिक स्थानहरुमा दीप प्रज्ज्वलन तथा विजय उत्सव मनाइएको छ।  चितवनका सबै चोकहरुमा दीप प्रज्ज्वलन गरिएको थियो । कुनै चोक रहेन दीप नबलेको । चितवनमा कुनै समुदाय पनि रहेन दीप नबाल्ने र खुसी नमनाउने । चारैतिर खुसी नै खुसी छायो । उमङ्गको बाढी आयो…