मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस दुर्घटनामा दुुईको मृत्यु

बस दुर्घटनामा दुुईको मृत्यु


सप्तरी, ११ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा पल्टिँदा सो दुर्घटना भई करिब २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धन्ुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।

घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ । रासस