मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार पेट्रोल पम्पमा सिलबन्दी

चार पेट्रोल पम्पमा सिलबन्दी


बनेपा, ११ मङ्सिर । वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ ।

उनीहरूले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले बिहीबकार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उनीहरूले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ । उहाँले भन्नुभयो, “सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट कम परिणाममा इन्धनको बिक्री विरतण गरी पम्पहरूले ठगी गर्दै आएका थिए ।”

बनेपास्थित उग्रचण्डी आयल स्टोर र मापा उग्रचन्डी आयल स्टोल, पनौतीको जयअम्बे पेट्रोल पम्प र जनागालको नारायणी पेट्रोल पम्पलाई सो टोलीले सिलबन्दी गरेको छ । टोलीले अनुगमन आज पनि जारी राख्ने प्रहरीले जनाएको छ । रासस