नेपाल

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु


रामपुर (पाल्पा), ११ मङ्सिर । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगीरमा दुर्घटना भएको हो ।

दुईजनाको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य यात्रुको उद्धार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । रासस

Advertisement

शेयर गर्नुहोस:

0
Shares