मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजमार्ग अवरोध गर्नेलाई कारवाही गरिने

राजमार्ग अवरोध गर्नेलाई कारवाही गरिने


काठमाडौं, १० मंसिर । गृह मन्त्रालयले अबदेखि राजमार्ग अवरुद्ध गर्नेलाई कारवाही गर्ने जनाएको छ । 

मधेसी मोर्चाले मधेसमा गरेको आन्दोलन दिनप्रतिदिन अमानवीय बन्दै गएपछि सरकारले सडक अवरुद्ध गर्नेलाई बल प्रयोग गरेरै भए पनि हटाउने निर्णय गरेको हो ।

शान्तिसुरक्षालाई मध्यनजर गर्दै जारी गरिएको बिशेष सुरक्षा योजना अन्तर्गत मन्त्रालयले राजमार्ग अवरुद्ध भए बल प्रयोग गरेरै भएपनि खुलाउने सुरक्षा योजना बनाएको हो ।

मोर्चाले आन्दोलन चर्काएको पूर्वी मधेसका जिल्ला पर्सादेखि सप्तरी र पश्चिमका जिल्ला नवलपरासीदेखि बाँकेसम्म बिशेष राजमार्गमा बिशेष सुरक्षा सतर्कता अपनाइने गृह मन्त्रालयले जनाएको छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइने भएको छ ।