काठमाडौँ । नेपालको संविधान–२०७२ भव्य समारोहबीच आज अपरान्ह ५ बजे घोषणा गरिँदै छ । संविधानसभा भवन नयाँ बानेश्वरमा अपराह्न ५ बजे विशेष समारोहकाबीच राष्ट्रपति डा रामवरण यादवले संविधान घोषणा गर्नेछन् । संविधान घोषणा समारोहमा सहभागी हुन विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ । विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका अधिकारी, पूर्वसभासद्लगायतलाई…