धनगढी । कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा गएको एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र आज राति १२ बजेबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइंँले स्थानीय प्रशासन ऐनअनुसार एक महिनासम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेकोमा यो भन्दा बढी समयका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न मन्त्रालयको आदेश…