मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दीविरुद्व सद्भाव पदयात्रा

नाकाबन्दीविरुद्व सद्भाव पदयात्रा


काठमाडौँ, ११ मङ्सिर । ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ नामक संस्थाले नाकाबन्दी विरुद्व आज बिहान यहाँ सद्भाव पदयात्रा निकालेको छ ।

मानव अधिकार शान्ति समाज, विद्यार्थी, विभिन्न राजनीति सङ्घसंस्थाले संयुक्त रुपमा जोरपाटीबाट बौद्वसम्म निकालेको पदयात्रालाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले नेपलमा विश्वमै सबैभन्दा धेरै जनप्रतिनिधिबाट संविधान बनेको भन्दै यही संविधानलाई देखाएर छिमेकी मुलुकले विरोध गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको संविधानमा मधेसी जनता हकअधिकार कति समेटिएका छन् भनेर मधेसी जनतालाई बुझाउनु जरुरी छ ।”

मानवअधिकारकर्मी कृष्ण पहाडीले वार्ता र संवादबाटै मधेसी दलको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नाकाबन्दी मानव अधिकार विपरीतको कार्य हो यसलाई अन्त्य गर्न छिमेकी पक्ष गम्भीर हुनुपर्छ ।”

सो अवसरमा नेपाली काँग्रेसका क्षेत्र नं ३ का नेता लालबाबु लामा र नेता सन्तोष चालिसे, नेकपा (एमाले)का नेता गोकुल बराल, ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’का उपाध्यक्ष उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराललगायतले राष्ट्र र राष्ट्रियताको सवालमा सबै राजनीति दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।