मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माओवादीले भारतीय च्यानल र चलचित्र बन्द गराउने

माओवादीले भारतीय च्यानल र चलचित्र बन्द गराउने


चितवन, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी चितवनले भारतीय नाकाबन्दीको विरोधमा भारतीय च्यानल तथा चलचित्र प्रदर्शनमा रोक लगाउने भएको छ । जिल्ला सेक्रेटरी महेशले चितवनका हलहरुलाई पत्राचार गर्दै १० गते बिहीबारदेखि लागू हुने गरी भारतीय चलचित्र तथा च्यानल बन्द गर्न आग्रह गरेको छ । 

महेशद्वारा जारी विज्ञप्तिमा विनासकारी महाभूकम्पले पीडित बनाइरहेको घडीमा पश्चगामी र प्रतिगामी संविधान जारी गरेपछि भारतीय शासक वर्गले नेपालमा भारतमा गाभ्ने रयहाँका स्रोत साधनहरुलाई आफ्नो पौल्टामा पार्न मधेसी जनताका नाममा अघोषित नाकाबन्दी गरी नेपालको राष्ट्रियतामाथि नाङ्गो हस्तक्षेप गरेको जनाएको छ । 

नेपालको १५ जिल्ला खोस्ने वक्तप्व्य दिई भारतीय एसएसबीद्वारा नेपाली भूमिमा छिरेर चारजना नेपालीमाथि गोली प्रहार गरेको घटनाले मर्माहत बनाएको भन्दै नेपाली जनता एकजुट भई त्यसको प्रतिरोध गर्न तयार हुन पनि आग्रह गरिएको छ । 

नेकपा माओवादीले भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।