काठमाडौं । प्राकृतिक स्रोतका आधारमा ६ मध्ये पश्चिमी प्रदेश सबैभन्दा सम्पन्न देखिएको छ । ठूला विद्युत् आयोजना, पर्यटकीय स्थल, जडीबुटीको भण्डार यो क्षेत्रमा छ । प्रमुख दलहरूबीच शनिबार भएको सहमतिअनुसार कर्णाली, सेती, महाकाली अञ्चलका सबै जिल्ला, भेरीका सुर्खेत, जाजरकोट र दैलेख तथा राप्तीको सल्यान र रुकुमको केही भाग समावेश गरेर एउटा प्रदेश बनाइनेछ ।…