मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कवि असरफलाई मृत्युदण्ड घोषणाकोे चितवनमा विरोध

कवि असरफलाई मृत्युदण्ड घोषणाकोे चितवनमा विरोध


चितवन, १ माघ । कवि असरफ फयादलाई साउदी अरब सरकारले मृत्युदण्डको फैसला सुनाएको विरोधमा चितवनका कवि तथा साहित्यकार विरोधमा उत्रिएका छन् । 
 
साउदी अरबमा बसेर अरबी कला, संस्कृति र साहित्यको प्रचारप्रसारमा लागेका कवि फयादलाई साउदी सरकारले यसै वर्ष आगामी नोभेम्बरमा मृत्युदण्ड दिने गरेर फैसला गरेको भन्दै कविहरु कविता वाचन गरी विरोधमा उत्रिएका हुन् । अक्षर समूह र भ्यूचितवनले बिहीबार गरेको कार्यक्रममा दुई दर्जन कविहरुले कवितामार्फत फैसलाको विरोध गरेका हुन् । 
 
फयादको व्यक्तित्वको बारेमा जानकारी दिँदै भ्यूचितवनका अध्यक्ष कवि ईश्वर कँडेलले बुधबारमात्रै संसारका ४४ देशको १२१ स्थानमा साउदी सरकारको घोषणाको विरोधमा कार्यक्रम भएको बताए । 
 
आफ्नो विचार राख्न कवि स्वतन्त्र रहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि र मनवताविरूद्ध चितवनका कविहरु लाग्नु परेको बताए ।  कार्यक्रममा अक्षर समूहका अध्यक्ष कवि भूपिनले नेपालका कविहरुको आवाज साउदी सरकारले सुनेर मृत्युदण्डको फैसलालाई बदर गरेको छिट्टै सुन्न पाए आफू खुसी हुने बताए ।
 
कार्यक्रममा कवि फयादको बारेमा लेखिएका कविताहरु सुनाउँदै कविहरु एलबी क्षेत्री, सरिता तिवारी, इन्द्र रेग्मी, द्वारिका नेपाल, विश्व सुवेदी, गायत्री श्रेष्ठ, केदारनाथ खनाल, निर्मोही व्यास, गोविन्दराज विनोदी, सुमनराज श्रेष्ठ, सुनिता गैरे, सागर पौडेल, चन्द्रप्रकाश उपाध्यायले विचारको बललाई कुनै तानाशाहले रोक्न नसक्ने भन्दै फैसलाको विरोध गरेका थिए । 
 
त्यस्तै, कविडाँडा साहित्य समाजका अध्यक्ष कवि एलबी क्षेत्रीले साउदी कविको बचाउमा आफूहरु हस्ताक्षर संकलन गरेर साउदी दुतावासमा जाने योजना बनाएको पनि जानकारी गराए । कार्यक्रम अक्षर समूहका संयोजक कवि भूपिनको अध्यक्षतामा भएको थियो ।