मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोलुखुम्बुमा सकियो नुन र चामलको राजनीति

सोलुखुम्बुमा सकियो नुन र चामलको राजनीति


सोलुखुम्बु, ३० पुस । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिनका लागि सर्वसाधारणले राजनीतिक दललाई गुहार्ने चलन लगभग सकिएकोछ । 
 
तीन वर्षअघि सम्म सहुलियतको नुन र चामल लिनका लागि टाढा–टाढाका गाउँबाट समेत सर्वसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले विभिन्न नेतालाई गुहार्ने चलन थियो । सर्वसाधारण नागरिक जाँदा थोरै दिने कार्यालयले नेताको सिफारिसपछि धेरै दिन्थे, सोही कारण जिल्लामा नुन र चामलको राजनीति निकै मौलाएको थियो । त्यसबेला जुन नेताले बढी नुन र चामल झिकिदिन्थे, नागरिकको नजरमा उही प्रिय बन्थे । तर अहिले त्यस्तो छैन ।  
 
त्यसबेला सर्वसाधारणले नेता मात्र नभई प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, गाविस सचिवलगायत अन्य धेरै थरीका व्यक्तिलाई गुहारेर सहुलियतको नुन र चामल लिन्थे । त्यो तहमा पहुँच पु¥याउने धेरैले सर्वसाधारणसँग उचित अनुचित लाभ पनि लिन्थे, तर अहिले त्यो रोकिएको छ । सल्यानबाट नुन लिन साल्ट ट्रेडिङ कर्पोरेसन सल्लेरी आउनुभएका तुलसीराम निरौलाले भन्नुभयो, “पहिले त दुईजना नेतालाई भनेर १० पोका नुन लान्थँे, तर अहिले त कसैलाई नभनी १० पोका लिएँ ।” 
 
फाप्लुबाट आउनुभएका खेम रसाइली पनि कसैको भनसुन बिना नुन झिकेको भन्दै दङ्ग हुनुहुन्थ्यो । अहिले नेताहरुलाई चामल र नुनका लागि अनुरोध गर्नेहरुको सङ्ख्या लगभग शून्य जस्तै छ । सशस्त्र द्वन्द्वकालमा र त्यसपछिका केही वर्ष दैनिक २०÷२५ जनालाई नुन र चामलको सिफारिस गरिदिएको बताउने नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष मानवीर राई अहिले सडक पहुँचसँगै नुन र चामलको सहज उपलब्धता भएकाले नुन, चामल लिन आफूहरुलाई कसैले पनि नभन्ने गरेको बताउनुहुन्छ । 
 
राजाको सक्रिय शासनकालमा जिविस सोलुखुम्बुको संयोजक बन्नुभएका दीपबहादुर कार्की आफ्नो कार्यकालमा सबैभन्दा बढी नुन र चामलका लागि सम्बन्धित कार्यालयमा सिफारिस गर्दैमा व्यस्त रहेको बताउनुहुन्छ । तर अहिले त्यस्तो छैन । उहाँ भन्नुहुन्छ, “तीन वर्षअघि सम्म त धेरैले अनुरोध गर्थे तर अहिले कसैले भन्दैनन् ।” 
 
साल्ट ट्रेडिङ कर्पोरेसन सल्लेरीका प्रमुख गङ्गाप्रसाद शाह पनि २÷३ वर्षअघि कार्यालयले थेग्नै नसक्ने गरी विभिन्न क्षेत्रको सिफारिस आउने र कतिपयले धम्काउने समेत गरेको भए पनि अहिले त्यो लगभग शून्य जस्तै रहेको बताउनुहुन्छ । गाउँबाट सहुलियतको नुन र चामल लिनका लागि आउनेको लर्को नै लाग्थ्यो । त्यहाँ जसको पहुँच पुग्यो उसैले नुन चामल पाउने अवस्था भएपछि गाउँबाट आएकाहरु नेताको पछि लाग्थे जसका कारण नेताहरु नुन र चामलको सिफारिस गर्नमा व्यस्त हुन्थे भने त्यसैबाट राजनीति पनि चल्थ्यो ।  
 
पहुँच चल्थ्यो, यदि पहुँच नपुगेमा सर्वसाधारणले नुन र चामल पाउँदैनथे । पाएमा पनि थोरै । पहुँच लगाउन सकेमा धेरै पाइन्थ्यो, त्यसैले विभिन्न क्षेत्रका व्यक्तिको पछि लाग्थे । त्यस्तो सिफारिसका कारण राजनीतिमा प्रिय बन्ने अवसर पनि केहीलाई थियो, तर अहिले त्यो हटेको छ, यातायातको पहुँचसँगै नुन चामलको गाउँ÷गाउँका बजारसम्म सहज उपलब्धता भएकाले त्यो रोकिएको छ । रासस