भारतीय दूतावासमा राष्ट्रिय जनमोर्चाले बुझायो विरोधपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट दैनिक अत्यावश्यक वस्तु आयातलाई समेत रोक्ने उद्देश्यले सीमा नाकामा अघोषित नाकाबन्दी गरिएको जनाउँदै त्यसको विरोधमा भारतीय दूतावासमा विरोधपत्र बुझाएको छ ।    पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तेस्रो मुलुकबाट खरिद गरिएका सामग्री भारत हुँदै नेपाल भित्रिनुपर्नेमा नाकाबन्दीका कारण सीमा क्षेत्रमा रोकिएको हुँदा तुरुन्तै नाका सञ्चालन गर्ने व्यवस्थाका…