मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापति उठ्नका लागि आर्थिक सहयोग जुटाउन पौडेलको गोफण्डमी

सभापति उठ्नका लागि आर्थिक सहयोग जुटाउन पौडेलको गोफण्डमी


हिमालय खबर संबाददाता I
नेपाली कांग्रेस पार्टी सभापतिमा रामचन्द्र पौडेलका लागि सहयोग जुटाउन गोफाण्डमी मार्फत आव्हान गरिएको छ । कांग्रेस उपसभापति पौडेलले आउने फागुनको तेस्रो साता हुने महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापति वन्ने अभियानमा सहभागी बनौ भन्ने आव्हान सहित गो फण्ड मार्फत सहयोग आव्हान गरिएको हो । 
 
आर्थिक सहयोगका लागि खोलिएको गोफण्डमीमा तपाईको सानो रकमले सहयोग पुग्छ भन्ने उल्लेख गर्दै पौडेलका वारेमा विस्तृत विवरण दिईएको हो । विहिवार सांझसम्म उक्त फण्डमा १ सय ५५ पाउण्ड स्टलिगं जम्मा भएको देखिन्छ । सहयोग रकम प्रचार प्रसारका लागि यातायात, प्रचार प्रसारमा खर्च गरिने उल्लेख छ । 
 
उक्त गोफण्डको लिंक विभिन्न स्थानमा पठाईएको छ । पौडल निकट स्रोतले आर्थिक परादर्शीयता वढाउन सक्यो भने जिम्मेवार नेतृत्व विकास हुन सक्छ भन्ने सोचले सार्वजनिक रुपमा यस्तो आव्हान गरिएको हिमालयखवरलाई बताए । 
 
देश विदेशमा वस्नेको सा सानो सहयोगले पनि ठुलो मद्दत पुग्ने उनले वताए । सहयोग दिन चाहनेले डेविट वा क्रेडिट कार्ड मार्फत गोफण्डमीमा गएर सहयोग दिन सक्छन् । उक्त गोफण्डमीमा राजनीति भनेको प्रतिस्पर्धा हो, नेतृत्वका लागि मैदानमा उत्रिने हो अव म पछि हट्ने ठाउं छैन हट्दिन भन्ने पौडलेको भनाई राखिएको छ । 
 
यस पटक महाधिवेशनमा पौडलले सभापतिमा उम्मेदवारी दिने घोषणा सहित देश व्यापी प्रचार प्रसारमा छन् । वर्तमान सभापति सुशील कोइराला पुन उठ्ने वा नउठ्ने प्रष्ट छैन । तर, कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले भने सभापतिमा लड्ने तयारी गरिरहेका छन् । 
 
यसपटक निर्वाचन लड्ने र जितेरै छाड्ने पौडेल निकट स्रोतले जनाएको छ ।