नेपाल–भारत सम्बन्ध : बढ्यो अरु तनाव

काठमाडौं, सेप्टेम्बर ३० । नेपाल–भारत सम्बन्ध सुध्रिनेभन्दा पनि अरु बिग्रने क्रम तिब्रगतिमा अगाडि बढेको छ । भारतको अघोषित नाकाबन्दीविरुद्ध नेपालमा जनआक्रोश चुलिएर भारतको राष्ट्रिय झण्डा जलाउन थालिएको छ भने भारतले पनि आफ्नो मुलुकको राष्ट्रिय झण्डा जलेको टुलुटुलु हेरेर बस्न नसकिने भनेर चेतावनी दिएको छ । केही दिनयता पोखरालगायत नेपालका विभिन्न भागमा भारतको झण्डा र सरकार प्रमुखको…