मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

३० हजार घूस लिँदालिँदै रंगेहात पक्राउ

३० हजार घूस लिँदालिँदै रंगेहात पक्राउ


नवलपरासी, १ माघ जिल्ला प्राविधिक कार्यालय नवलपरासीका सव इञ्जिनियर ३० हजार रूपैयाँ घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई बिहीबार रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्ला देउरी–३ निवासी जिल्ला प्राविधिक कार्यालय नवलपरासीका एक जना सवइञ्जिनियर मनोजकुमार यादव रहेको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
नवलपरासीको कावासोतीमा यादवले कल्भर्टको लागत स्टिमेट बनाइदिने भन्दै ३० हजार रूपैयाँ घूस मागेको उजुरी परेपछि अख्तियारको टोली परिचालन भएको थियो ।
 
मधेस आन्दोलन र नाकाबन्दीको समयमा पनि अख्तियारको बुटवल कार्यालय सक्रिय छ । मधेस आन्दोलनको समयमा आन्दोलनको समस्या देखाएर पनि भ्रष्टाचार हुनेसक्ने भएकाले अनुगमन जारी राखेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
 
नवलपरासीमा यतिबेला जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका बजेटबाट विकास निर्माणका कामहरु भइरहेका छन् । विकास निर्माणका काममा प्राविधिकहरुले कुल बजेटको १० देखि १५ प्रतिशत रकम असुल्ने गर्दछ । जसले गर्दा विकास निर्माणका कामहरु प्रभावित हुने गर्दछन् भने काम पनि गुणस्तरहीन हुने गर्दछ । 
 
प्राविधिकहरु बाटोे, पुल, विद्यालय भवन, स्वास्थ्य संस्थाका भवनलगायतका निर्माणमा कमिसन खाने गरेको पटकपटक आवाज उठ्ने गर्दछ ।