मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नगर सभापतिमा गौतमको उम्मेदवारी घोषणा

कांग्रेस नगर सभापतिमा गौतमको उम्मेदवारी घोषणा


चितवन, ८ माघ । नेपाली कांग्रेस रत्ननगर नगर समितिको १३ औँ नगर अधिवेशनमा काँग्रेसका युवा नेता गोविन्द गौतमले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 
 
रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गौतमले माघ १५ गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
 
१२ औँ अधिवेशनमा १८ मतअन्तरले पराजित भएका गौतमले अहिले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । दुई साताअघिदेखि चुनावी एजेण्डा लिएर कार्यकर्ताको घरदैलोमा पुगेका गौतमले घरदैलोका क्रममा कार्यकर्ताहरुले आफूलाई जिताउने बचन दिएको बताए । 
 
नेपाली काँग्रेसलाई आधुनिक पार्टीमा रुपान्तरण गर्न कार्यकर्ताहरुले जझारु नेताको खोजी गरिरहेको भन्दै गौतमले कार्यकर्ताले आवश्यकता महसुस गरिरहेको व्यक्ति आफू रहेको जिकिर गरे । 
 
२२ वर्षदेखि पार्टीमा क्रियाशील रहेको, कार्यकर्ताको भावनाअनुसार काम गरेको, कार्यकर्ताको सशक्तीकरणको लागि खेलेको भूमिकालाई उनले चुनाव जित्ने आधार बनाएका छन् । 
 
कार्यकर्ताले नगर सभापतिको जिम्मेवारी दिए गौतमले पार्टीको भवन बनाउने, पुराना कार्यकर्ताको अभिलेख राख्ने, विकास निर्माणमा जनताको सहयात्री बन्ने, पार्टीलाई समावेशीको सिद्धान्तअनुसार चलाउन सबै जातजातिलाई समान भूमिका दिएर अगाडि बढने योजना बनाएका छन् । 
 
उनी यही एजेण्डा लिएर कार्यकर्ताको घरदैलोमा पुगेका छन् । नगर सभापति पदको लागि गौतमसहित महेशप्रसाद रौनियार, रुपनराज घिमिरे, भरत खनाल र सम्मरबहादुर मल्लको नाम चर्चामा छ ।