मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार महिलालाई भारत लैजाने क्रममा चार युवा पक्राउ

चार महिलालाई भारत लैजाने क्रममा चार युवा पक्राउ


चितवन, ७ माघ । चितवन हुँदै भारतको विभिन्न भागमा बेचबिखन गर्न ४ महिलालाई लैजादै गर्दा चितवन प्रहरीले ४ पुरुषलाई पक्राउ गरेको छ ।
 
उनीहरुलाई भरतपुर उप–महानगरपालिका–१० स्थित होटल अशोकाबाट पक्राउ गरिएको हो । उनीहरुसंगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका ४ जना महिलालाई प्रहरीले उद्धार गरेको छ ।
 
पक्राउ पर्नेहरुमा चितवन मँगलपुर ७ बस्ने बर्ष ३७ का सञ्जय तमाङ्ग, तनहुँ केशवटार २ बस्ने बर्ष ३७ का टोलाराम थापा, धादिङ्ग गजुरी २ बस्ने बर्ष ४२ का दयाराज कँडेल र स्याङ्गजा पंचमुल गाविस वडा नं ९ बस्ने बर्ष ४४ का राजु गुरुङ्ग रहेका छन् । 
 
कँडेललाई काठमाडौंबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई चितवनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
 
प्रहरीले दिएको जानकारी अनुसार ती ४ जना महिलाहरुलाई रोजगारीको लागी किर्गिजिस्तान पठाई दिने भनि ललाई फकाई प्रलोभनमा पारी काठमाण्डौंमा भेला जम्मा गरी नारायणगढसम्म बसमा ल्याई महेन्द्रनगरको बाटो हुँदै भारतको बिभिन्न शहरमा पु¥याई बेचबिखन गर्ने उद्देश्यले भरतपुर स्थित होटल अशोकामा ल्याई राखिएको थियो । त्यहाँबाट महेन्द्रनगर लैजान लाग्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।
 
पक्राउ परेकाहरुलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी चितवन जिल्ला अदालतबाट अनुमती लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।