रौतहट, ७ माघ । रौतहट प्रहरीले संगठित रुपमा नै नक्कली नोट बनाउने र बजारमा ल्याउने गिरोह पक्राउ गरेको छ । जाली नोट छापेर बजारमा वितरण गरेको आरोपमा मेसिनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा माघ ३ गते भन्सार कार्यालय नजिकैबाट पक्राउ परेका राम प्रवेश यादवसँग प्रहरीले १ हजारको एक थान नक्कली नोट बरामद गरेको थियो । यादवको बयानका आधारमा गौर–५ का मनोजकुमार महतो पक्राउ परेपछि अन्य चार कारोबारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले गौर–७ गढवाका जुगल किशोर कुशवाहा, सखुअवा धमौरा ३ का नारायण चौधरी, बारा जिल्ला जितौनाका अभय कुमार र रौतहट बालचनपुरका ओसी महम्मदलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया