मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोली चलेपछि विराटनगरको रंगेली तनावग्रस्त

गोली चलेपछि विराटनगरको रंगेली तनावग्रस्त


विराटनगर, ७ माघ । मधेसी मोर्चा कार्यकर्ताले मोरङको रंगेलीमा एमालेका नगर अध्यक्षसहित चार कार्यकर्तालाई लेखेटी लखेटी नियन्त्रणमा लिने प्रयास गरेपछि रंगेली तनावग्रष्त बनेको छ । 
 
भाग्न सफल भएका चारै जनालाई उद्धार गरेको छ ।
 
रंगेलीमा आयोजित कार्यक्रममा जाने क्रममा एमाले नगर कमिटी अध्यक्ष दिनेश ठाकुरसहित चार जनालाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिने प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताले लखेटेपछि आफूहरु स्थानीय अनिल महेश्वरीको घरमा लुकेको र प्रहरीले उद्धार गरेको ठाकुरले जनाए ।
उनका अनुसार एक घन्टाभन्दा बढी समय उनीहरु घरभित्र लुगेका थिए भने बाहिरबाट मोर्चाका कार्यकर्ता ढोका फुटाएर प्रवेश गर्न खोजेका थिए । त्यसैबेला प्रहरी पुगेपछि उनीहरुको उद्धार भएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले रंगेलीमा आयोजित एमाले महासचिव इश्वर पोखरेल सहभागी सभा विथोल्न प्रयास गरेका छन् ।
 
प्रहरीले रोक्ने क्रममा झडप भएको छ भने प्रहरीले अश्रुग्यास तथा हवाइ फायर समेत गरेको छ । युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि मोर्चाले प्रदर्शन सुरु गरेको थियो ।