मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर महोत्सवमा स्याउका परिकार राखिने

रत्ननगर महोत्सवमा स्याउका परिकार राखिने


चितवन, १२ माघ । रत्ननगर महोत्सवमा हिमाली क्षेत्रमा पाइने स्याउ र त्यसबाट बन्ने परिकार बिक्रीका लागि राखिने भएको छ ।

रत्ननगर महोत्सवमा हिमाली क्षेत्र जुम्ला र मुस्ताङका स्याउ र परिकार राख्न लागिएको महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा १४ गते बिहीवारदेखी आठौ रत्ननगर महोत्सव सुरु हुँदैछ ।

बिसुरालका अनुसार त्यस क्षेत्रमा पाइने स्याउबाट बन्ने भुजिया, चिप्सलगायतका परिकार महोत्सव परिसरमा राखिने छ । स्याउका ५ वटा स्टल रहनेछन् ।

त्यस्तै जुम्लाको ओखर, जडीवुटी पनि प्रर्दशन तथा बिक्रीका लागी राखिने छ । कृषिलाई पनि प्राथमिकता दिइएको यस महोत्सवमा सोलारबाट चल्ने थोपा सिंचाई प्रविधिबारे यहाँ आउने कृषकहरुलाई जानकारी गराइने कृषि प्रर्वद्धन समितिका संयोजक निराजन खनालले जानकारी दिए ।

महोत्सवमा च्याउ उत्पादन गर्ने तरिका र त्यसका परिकारकाबारे पनि जानकारी दिइने खनालले बताए । महोत्सवमा कृषिको मात्रै करिव ९० वटा स्टल रहनेछन् । कृषिमा माछा, केरा, पोल्ट्री, महलगायत रहनेछन् । यस पटकको महोत्सवमा आयोजकले कृषिका पकेट क्षेत्रमा स्थलगत अवलोकन गराई खेती गर्ने तरिकाकाबारे जानकारी दिने तयारीसमेत गरेको छ ।

माघ १४ देखी २४ गतेसम्म संचालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

महोत्सवका लागि आवश्यक पर्ने कामहरु लगभग पूरा भएको श्रेष्ठले बताए । यस पटकको महोत्सवमा प्रर्दशकको चाप धेरै रहेकाले स्टल संख्या वढाईएको छ । अघिल्लो पटकको महोत्सवमा ४ सय २५ स्टल रहे पनि यस पटक धेरै माग आएकाले केही स्टल संख्या बढाइएको आयोजकले जनाएका छन् ।