मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्द र नाकाबन्दीबाट वीरगन्जको ३३ अर्ब राजश्व गुम्यो

बन्द र नाकाबन्दीबाट वीरगन्जको ३३ अर्ब राजश्व गुम्यो


वीरगन्ज, ७ माघ । मधेसी मोर्चाको आन्दोलनका कारण वीरगन्ज–रक्सौल नाका ठप्प भएको चार महिना वितिसकेको छ । सिमा नाकामा धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून हुँदै गए पनि नाका खोल्ने प्रयास कतैबाट भएको छैन ।
 
सिमा नाका ठप्प हुँदा वीरगन्ज–पथलैया करिडोरका दुई हजारभन्दा बढी उद्योग बन्द भएका छन् । संयुक्त मधेशी मोर्चाको धर्नाको कारण यो नाका भएर रिक्सा, टागां समेत चल्न सकेका छैनन । जसले गर्दा नाकाबाट आउने जानेलाइं पनि कठिनाइ भोग्नु परेको छ ।
 
मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको यो धार्नामा अहिले उपस्थिती न्यन रहेपनि नाकाबन्दी हटेको छैन । जसले गर्दा प्रत्येक दिन मुलुकले करोडौको छती बेहोर्नु परेको छ ।
 
नाकाबन्दीको कारण औद्योगिक लगानीका दृष्टिले सबैभन्दा ठूलो वीरगञ्ज पथलैया कोरिडोरका साना–ठूला गरी करिब २ हजार उद्योग बन्द भएको बीरगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष प्रदिप केडिया बताउँछन ।
 
तराई बन्द र नाकाबन्दीले मुलुककै मुख्य आयात निर्यात केन्द्रमा रहेको वीरगञ्ज भन्सारले पुष मसान्त सम्ममा ३३ अर्ब रुपैयांभन्दा बढी राजश्व गुमाउनु परेको छ ।