सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाडौँ । सरकारले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखितरुपमा आजै आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिनुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका प्रवक्ता खरेलका अनुसार प्रधानमन्त्री ओलीको…