मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेलायती राजकुमार नेपाल आउने

बेलायती राजकुमार नेपाल आउने


काठमाडौँ  । बेलायती राजकुमार ह्यारी चार दिने भ्रमणका लागि आगामी चैत ७ गते नेपाल आउने भएका छन् । 
 
ह्यारी पहिलोपटक नेपाल आउनेबारे लकिङ्गस्टन प्यालेसले नेपालको पहाडी क्षेत्रको फोटोसमेत ट्विट गर्दै भ्रमणको मितिबारे जानकारी दिएको हो ।
 
भ्रमणको क्रममा बेलायती राजकुमारले काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् । त्यस्तै उनले भूकम्पबाट पीडितहरुसँग पनि भेटघाट गर्नेछन । उनले भूकम्पपछिको पुनस् निर्माणमा भइरहेको प्रगतिका विषयमा समेत जानकारी लिनेछन् ।
 
बेलायती गोर्खा सैनिकसँगै अफगानिस्तामा समय बिताएका ह्यारीले पोखरामा बेलायी गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस्तै उनले गोर्खा भर्ती प्रक्रियाबारे समेत जानकारी लिनेछन् ।
 
साथै गोर्खा सैनिकमा भर्ती हुने समुदायहरुसँग समेत उनले अन्तक्र्रिया गर्नेछन् । साथै भूकम्प प्रभावित गोर्खा सैनिकहरुको परिवारसँग समेत उनले भेट्नेछन् ।
 
त्यस्तै ह्यारीले ट्रेकिङमा समेत जाने तयारी गरेका छन् । साथै उनले चितवन वा बर्दियामध्ये एउटा निकुञ्ज समेत भ्रमण गर्ने तयारी गरेका छन् ।
बेयालतस्थित किङ्स्टन प्यालेसले ह्यारीले लामो समयदेखि नेपाल भ्रमणमा जाने इच्छा व्यक्त गरेको उल्लेख गरेका छन् ।
प्यालेसले नेपाल र बेलायतको द्वैत्य सम्बन्ध कायम भएको २ सय वर्ष मनाइरहेको बेला भ्रमण हुन लागेको जनाएको छ । भ्रमणबाट दुई देशको सम्बन्ध र स्वागत एवम् सत्कारको परम्परा थप बलियो हुने विश्वास बेलायतले लिएको छ ।
यसअघि गोर्खा भर्ती सुरू भएको २ सय वर्षको उपलक्ष्यमा बेलायतस्थित गोर्खा बटालियनले आयोजना गरेको कार्यक्रममा बेलायती महारानी सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा महारानी एलिजाबेथका पतिले खुकुरी नचाएका थिए ।
त्यस्तै केहि अघि अप्रत्यासित रुपमा बेलायती राजकुमार विलियम्स लण्डन स्थित नेपाली दुतावास पुगेका थिए । उनले भूकम्पमा परी मृत्यु भएका नेपालीहरुको सम्झनामा श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए ।