काठमाडौँ । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को बैठकले मुलुकमा देखिएको पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट टार्न वैकल्पिक उपायको खोजीका लागि सरकारलाई आग्रह गरेको छ । सरकारलाई समर्थन गर्ने विभिन्न ११ दलका शीर्ष नेता सम्मिलित समितिको बैठकले भारतीय सीमा क्षेत्रमा भएको अवरोधका कारण पेट्रोलियम पदार्थको अभावको समस्या समाधानका लागि भारतबाहेक चीन र बङ्गलादेशसँग पनि आवश्यक सम्पर्क बढाउने निर्णय…