मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संस्थापन पक्षबाट सर्वसम्मत उम्मेदवार बनाउन दबाब

संस्थापन पक्षबाट सर्वसम्मत उम्मेदवार बनाउन दबाब


काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापतिले संस्थापन पक्षबाट सभापतिमा सर्वसम्मत उम्मेदवार बनाउन आग्रह गरेका छन् । 
 
काँग्रेसका बीसभन्दा बढी पूर्व सभापतिले संस्थापन पक्षबाट १३ औँ महाधिवशेनमा सभापतिका लागि एकमात्र उम्मेदवार बनाउन प्रमुख नेतालाई भेटेर आग्रह गरेका छन् ।
 
पूर्व सभापतिले त्यसका लागि बुधबार नेता डा शशाङ्क कोइरालालाई भेटेका थिए । आज कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालाई उहाँहरुकै निवासमा भेटेर सर्वसम्मत सभापतिको उम्मेदवार बनाउन आग्रह गरेको पूर्व सभापति रामनाथ अधिकारीले बताउनुभयो । 
 
सो भेटमा नेताहरुले त्यसमा आफू गम्भीर हुनुका साथै सकारात्मक भएको बताउनुभएको थियो । पूर्व  सभापतिहरुले उद्देश्य पूरा नभएसम्म यस अभियानलाई अन्तिम समयसम्म जारी राख्ने र यसपछि महामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, डा शेखर कोइराला, सुजाता कोइरालालगायतलाई भेट्ने उहाँले जानकारी दिनुभयो । 
 
अभियानमा पूर्व सभापति अधिकारी, तप्तबहादुर विष्ट, रामचन्द्र खड्का, रघुरमण न्यौपाने, भीमसेनदास प्रधान, विष्णु राई, तारमान गुरुङ, टेकबहादुर गुरुङ, यज्ञबहादुृर थापा, शिव हुमागाईं, प्रकाश पौडेल, तारा कोइराला, विदुर बस्नेतलगायत हुनुहुन्छ । रासस