मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोडसेडिङ दुई घण्टा घट्ने

लोडसेडिङ दुई घण्टा घट्ने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी बिहीबारदेखि लोडसेडिङ दैनिक दुई घन्टा घटाउने भएको छ । भारतबाट ८० मेगावाट आयात भएकाले आपूर्ति केही सहज भएको भन्दै लोडसेडिङ घटाउने भएको हो ।
 
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुली आयात गरेको छ । अहिलेको आपूर्तिमा थप विद्युत् थपिएपछि लोडसेडिङ व्यवस्थापन गर्न सहज भएको प्राधिकरण भार प्रेषण केन्द्रका एक अधिकारीले बताए ।
 
भारतबाट उक्त परिमाणको बिजुली आएपछि प्राधिकरणले अनौपचारिकरुपमा डेढ घन्टा लोडसेडिङ कम गरेको छ । आगामी बिहीबारपछि अहिलेको दैनिक १३ घन्टाको लोडसेडिङमा दुई घन्टा कम हुने प्राधिकरण अधिकारीको दाबी छ ।
 
भारतबाट बिजुलीआयातअघि प्राधिकरणले दैनिक १० घन्टासम्म (५८६ मेगावाट घन्टा) कुलेखानी जलाशय आयोजना सञ्चालन गर्दै आएको थियो । अहिले कुलेखानी दैनिक २ र ३ घन्टामात्र सञ्चालन भइरहेको छ ।
 
कुलेखानी कम सञ्चालन गरेर माग–आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।