नेपाल

जहाज दुर्घटनामा परेका तेइस जनाकै शव फेला

जहाज दुर्घटनामा परेका तेइस जनाकै शव फेला


म्याग्दी, १३ फागुन । दाना–२ सोलीघोप्टेमा बुधबार तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका २३ जनाकै शव फेला परेको छ । 
 
घटनास्थलमा उद्धार सामग्री सहित पुगेका नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको टोलीले दुर्घटनामा परेको उक्त जहाजमा सवार सबैको शव सङ्कलन गरी पोखरा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
दुर्घटनास्थलबाट शव सङ्कलन गरी २० शव एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको प्रजिअ सागरमणि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका मुस्ताङका तीन जनाको शवलाई भने यहाँबाट सिधै मुस्ताङ लैजाने तयारी भइरहेको छ । 
 
मौसम सफा रहेकाले घटनास्थलबाट शव सङ्कलन गर्न सजिलो भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । दुर्घटनास्थलबाट शव केही तलसम्म झारेर हेलिकप्टर मार्फत दाना हुँदै पोखरा पु¥याइएको हो । 
 
भौगोलिक रुपमा विकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भए पनि अन्य काम हुन सकेको थिएन । पोखराबाट जोमसोमका लागि उडेको  चालक दलका तीन सहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । रासस
 

शेयर गर्नुहोस:

0
Shares