मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारका अभियुक्तलाई चार वर्ष कैद

बलात्कारका अभियुक्तलाई चार वर्ष कैद


चितवन । १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका गोरखा जिल्ला बालुवा घर भई हाल भरतपुर–२१ बस्ने सुकबहादुर गुरुङलाई चितवन जिल्ला अदालतको बिहीबारको फैसलाले ४ वर्ष कैद तोकेको छ ।
 
न्यायाधीश बासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको हो । २०७२ जेठ ६ गते घरमा कोही पनि नभएको मौका छोपी गुरुडले बलात्कार प्रयास गरेको भनी पीडितले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपित गुरुङलाई जेठ ७ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । 
 
जिल्ला अदालतको असार १ गतेको आदेशले आरोपित गुरुङ पुर्पक्षका लागि थुनामा गएका थिए । मुख थुनेर कपडा खोली जबर्जस्ती प्रयास गरेको र रोइकराइ गरेमा मारिदिने समेत धम्की दिएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख थियो ।
 
यस मुद्दा जबर्जस्ती करणी उद्योगमा परिवर्तन भएको अदालतले जनाएको छ ।