काठमाडौँ, २२ फागुन । पशुपति क्षेत्र विकास कोषले यो वर्षदेखि पशुपति क्षेत्रलाई गाँजा, भाङ तथा धतुरो मुक्त क्षेत्र बनाउने घोषणा गरेको छ । शिवरात्रिको अवसरमा कोषले आज आयोजना गरेको पत्रकारसम्मेलनमा कोषका कार्यकारी निर्देशक रमेश सुवेदीले पशुपति क्षेत्रमा भाङ, गाँजा तथा धतुरो खाने परम्परागत चलन गलत भएको बताउनुभयो । गलत परम्परालाई त्याग्दै पशुपति क्षेत्रलाई…