मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुस्ता बचाउन अनेरास्ववियुको अभियान

सुस्ता बचाउन अनेरास्ववियुको अभियान


नवलपरासी । अनेरास्ववियु नवलपरासीले सुस्ता बचाउन अभियान थालेको छ । 
 
नवलपरासीको त्रिवेणी सुस्ता गाविसमा रहेको जमिन भारतीय पक्षबाट अतिक्रमण भएको भन्दै अनेरास्ववीयु नवलपरासीले तेस्रो जिल्ला कमिटीको बैठक अतिक्रमण क्षेत्रमा राखेको थियो । बैठकले सुस्ता बचाउनको लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
 
बैठकले सरकारले तत्काल सुस्ताको विषयमा भारतीय पक्षसँग छलफल गर्न माग गरेको छ । एमाले केन्दीय सदस्य एवम् अनेरास्ववियुको पूर्वकेन्द्रीय अध्यक्ष रामकुमारी झाक्रीको प्रमुख आतित्यता बैठक बसेको थियो ।  
 
झाक्रीले भारतको भारतीय जनता पार्टीले बिहारको जनतालाई सुस्ता दिने भन्दै उचालेर चुनाव जितेको आरोप लगाएकी छन् । उनले हालसम्म सुस्ता क्षेत्रका जनताले नेपालको उक्त भूमि जोगाएको भन्दै त्यस क्षेत्रको जनतालाई उक्त जमिनको जग्गा धनीको प्रमाणपत्र जतिसक्दो चाँडो उपलब्ध गराउन जरुरी रहेको बताइन् । 
 
बैठकमा नवलपरासी क्षेत्र नं. ३ का सभासद् कृष्ण पौडेलले सुस्ताबासीले आफनो अतिक्रमण भएको भूमि नाप नक्साअनुसार पाउनुपर्ने बताए । उनका अनुसार भारतीय पक्षबाट सुस्ताको अतिक्रमण भएको भन्दै जमिन सबै नेपाललाई फिर्ता गराउन आफनो पक्षबाट दबाब दिने बताए ।
 
सुस्ता क्षेत्रको ४२ हजार ९८० हेक्टर जमिनमा २१ हजार ९८० भारतले अतिक्रमण गरेकोे सुस्ताबासीले बताएका छन् । १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्ष र नेपाली पक्ष कसको हो भन्ने विवाद रहेको छ ।
 
हाल ७ हजार हेक्टर क्षेत्रमा नेपालीहरु खेती गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरूङले बताए ।