मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिनिएर पनि नचुनिएका काँग्रेस नेता

चिनिएर पनि नचुनिएका काँग्रेस नेता


काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट केही पुराना र चर्चित नेताहरु आरक्षण कोटामा पनि पराजित भएका छन् । राष्ट्रिय राजनीति, काँग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत निकै धेरै काम गरेका नेता नै आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्य हुन असफल भएका हुन् । 
 
काँग्रेसमा महिलाबाट छ जना, दलित, जनजाति र मधेसीबाट दुई÷दुई जना महिलाको दरले पाँच जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ । त्यसैगरी मुस्लिम कोटाबाट एक जना निर्वाचिन हुने विधानमा उल्लेख छ । 
 
आरक्षण कोटामा पनि उम्मेदवारको सङ्ख्या धेरै रहेकाले प्रतिस्पर्धा भने कडा भएको पाइएको छ । महिलातर्फ छ पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये महिला सङ्घकी वर्तमान अध्यक्ष डा डिला सङ्ग्रौला, पूर्वसांसद् तथा पूर्वकेन्द्रीय सदस्य पुष्पा भुषाल, काँग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, सङ्घकी पूर्वअध्यक्ष र पूर्वमन्त्री तथा सांसद् अम्विका वस्नेत, पूर्वमन्त्री तथा सांसद् कमला पन्त र नेविसङ्घको राजनीतिबाट पार्टीमा सक्रिय सांसद् सरिता प्रसाई महिला कोटाबाट केन्द्रीय सदस्य चयन हुनुभएको छ । 
 
त्यस्तै प्रभावशाली अन्य नेतृहरु महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेका सांसद् मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईरालाको स्वकीय सचिव मृदुला कोईराला, नेविसङ्घकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित हुनुभयो । 
 
त्यसैगरी सांसद् शारदा पौडेल, टे«ड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसङ्घ, महिला सङ्घकी श्रीमती मन्जु खाँण, नेविसङ्घका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सक्नु भएन । 
 
जनजातितर्फको कोटा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष, काठमाडौँ पूर्वजिल्ला सभापति, काठमाडौँ क्षेत्र नं. ६ बाट एमालेका सचिव योगेश भट्टराई र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्मालाई पराजित गर्न सफल भीमसेनदास प्रधान पराजित हुनुभयो । 
 
त्यसैगरी पटकपटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद् आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित हुनुभयो । जनजातितर्फको तीन पदका लागि चालिस जनाले उम्मेदवारी दिएकोमा चिनकाजी श्रेष्ठ, बहादुरसिँह लामा र कल्याण गुरुङ निर्वाचित हुनुभएको छ । 
 
जनजाति महिलातर्फ दुई पदका लागि १२ जनाले प्रतिस्पर्धा गरेकोमा पूर्वकेन्द्रीय सदस्य र सांसदद्वय रत्ना शेरचन र सीता गुरुङ विजयी हुनुभयो । अर्की सांसद् उषा गुरुङ भने पराजित हुनुप¥यो । उहाँले पनि आपूm कुनै प्यानलमा नपरेकाले हार्नुपरेको स्पष्टोक्ति दिँदै राष्ट्र र जनताको हितका लागि क्रियासिल भइरहने अठोट व्यक्त गर्नुभयो । 
 
दलित आरक्षणमा दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद् सम्भुहजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रीत केन्द्रीय सदस्य भएका प्रताप राम लोहार पनि पराजित हुनुभयो । 
 
दलितको तीन पदका लागि २० जनाको उम्मेदवारी परेपनि मानबहादुर विश्वकर्मा, जीवन परियार र मिन विश्वकर्माले केन्द्रीय सदस्य बन्ने मौका पाउनुभयो । उहाँहरु तीनै जना सांसद् हुनुहुन्छ भने यसअघि पनि केन्द्रीय सदस्य हुनुुहन्थ्यो । मानबहादुर विश्वकर्मा दलित सङ्घका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । 
 
दलिततर्फकै महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित हुनुभयो । दलित महिलाको दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो भने सांसद् तथा पूर्वकेन्द्रीय सदस्य सुजाता परियार र पूर्वसांसद लक्ष्मी परियार चयन हुनुभएको छ । 
 
नेविसङ्का केन्द्रीय अध्यक्ष तथा सांसद् रहनुभएका रन्जीत कर्णले मधेसीको आरक्षणबाट पनि केन्द्रीय सदस्य बन्न सक्नु भएन । त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलबस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित हुनुभयो । मधेसी तीन केन्द्रीय सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो भने अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादवले विजयी हुनुभयो । उहाँहरु सबै जना सांसद् हुनुहुन्छ । 
 
मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि पर्नुभएको छ । मधेसी महिलाबाट केन्द्रीय सदस्य बन्न नौ जनाको उम्मेदवारी परेको थियो । मधेसी महिलाबाट किरण यादव र पार्वता डिसी चौधरी केन्द्रीय सदस्य बन्नुभएको छ । 
 
मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम सङ्घको अध्यक्ष अब्दुल सतार नै पार्टीको केन्द्रीय सदस्य बन्न सक्नु भएन । उहाँलाई पछि पार्दै सांसद् तथा पूर्वकेन्द्रीय सदस्य फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ । मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद् मोहम्मदी सिद्दिकी पनि पराजित हुनुभएको छ । काँग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ । रासस