मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सांसद ल्यारक्याल १४ थान गोलीसहित पक्राउ

सांसद ल्यारक्याल १४ थान गोलीसहित पक्राउ


काठमाडौं । एमाओवादीको कोटाबाट सांसद बनेका विवास्पद व्यक्ति ल्यारक्याल लामा १४ थान गोलीसहित अख्तियारको फन्दामा परेका छन् । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गर्दा १४ थान थोली भेटिएको हो । 
 
बैंकमा गएर लकर खोल्दा सुनचाँदी राख्ने स्थानमा १४ थान गोली भेटिएको अख्तियार स्रोतले जनाएको छ । उनलाई तत्काल अख्तियारले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरीमा बुझाएको छ । प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना मुद्दासमेत चलाउने तयारी भएको छ ।
 
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो । छानविनकै क्रममा आइतबार बैंकमा रहेको लामाको लकर खोल्दा सो गोली भेटिएको हो ।