मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव


काठमाडौँ । नेकपा (एमाले)को स्थायी समिति बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।
 
बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालिन हितमा परिणत गर्नेगरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको हो ।
 
पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँच खालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउनसमेत एमाले स्थायी समितिले सुझाएको छ ।
 
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालमा चिनीयाँ लगानीमा भइरहेका परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजान बैठकले आग्रह गरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
 
न्यायाधीश नियुक्ति सम्बन्धमा एमाले स्थायी समिति बैठकले न्यायपरिषद्ले संविधान अनुरुप सिफारिस गरेकाले नियुक्तिको विषयलाई बिवादरहित सहज बनाउन आग्रह गरेको छ । रासस