मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङमा फेरि ४.८ रेक्टरको परकम्पन

धादिङमा फेरि ४.८ रेक्टरको परकम्पन


काठमाडौँ । धादिङ केन्द्रबिन्दु भएर पुनःअर्को परकम्पन गएको छ । बिहान ११ बजे ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पन मापन केन्द्रले जनाएको छ ।
 
पछिल्लो समय भूकम्पको पराकम्पन आउने क्रम बढेको छ, यसअघि शुक्रबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.२ रेक्टर स्केलको परकम्पन गएको थियो ।
 
एक साताअघि पराकम्पन पातलिएको भए पनि केही दिनयता परकम्पन आउने क्रम बढेको हो । यसबीचमा सङ्खुवासभा, हुम्लालगायतका स्थानमा साना नयाँ भूकम्प पनि गएका थिए ।
 
गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४३० परकम्प गएको केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिनुभयो । रासस