काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यही फागुन २३ गते स्थानीय राष्ट्रिय सभागृहमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न २ बजेदेखि सुरु भएको हो । सुरुमा महामन्त्री र कोषाध्यक्षको मतगणना हुने र ती पदको मतपरिणाम आजै आउने…