काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले हिन्दू नेपालीको दोस्रो महान् चाड दीपावलीको शुभकामना दिनुभएको छ । कोइरालाले आज विज्ञप्ति जारी गर्दै नेपालीको दोस्रो महान् चाड दीपावली, नेपाल संवत्, छठलगायतका चाडको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना…