मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दोस्रोे विश्व महिला सम्मेलन नेपालमा सुरु

दोस्रोे विश्व महिला सम्मेलन नेपालमा सुरु


काठमाडौँ । विश्वभरका महिलाको साझा समस्याको पहिचान र त्यसको निराकरणका उपायसहितका विभिन्न मुद्दाका विषयमा छलफल गर्न आजदेखि काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन सुरु भएको छ ।
 
‘विश्वका महिला उच्च शिखर चुम्दैछन्’ भन्ने नाराका साथ सुरु भएको सो सम्मेलनमा ४६ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ । 
 
सभामुख ओनसरी घर्तीले सम्मेलनको उद्घाटन गर्दै स्वयम् महिला जागरुक नभएसम्म महिलाका अधिकारका लागि बनेका नीति कोरा कागजमा लेखिएका अक्षरमा मात्र सिमित हुने बताउनुभयो ।
 
नेपालको संविधानले महिलाका हकअधिकारलाई धेरै हदसम्म सम्बोधन गरेपनि अझै त्यो पूर्ण नरहेको बताउँदै उहाँले भन्नुभयो– “संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेद अन्त्य हुने उल्लेख गरिनु निकै सकारात्मक हो । महिलाको पैत्रिक सम्पत्तिमा अधिकार, स्वास्थ्य, शिक्षा, नागरिकताजस्ता मुद्दामा संविधानले सम्बोधन गरी महिलाको अधिकारलाई विस्तार गरेको छ ।”
 
सभामुखले महिलाले विश्वलाई जित्न असल नीति र असल सिद्धान्त यस सम्मेलनबाट पारित हुनेछ भन्ने आफूले विश्वास लिएको बताउनुभयो । वल्र्ड वुमन्स कन्फरेन्स्ले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न मुलुकका महिलाले आ–आफ्ना मुलुकका महिलाको साझा समस्याको पहिचान र न्यूनीकरणका उपायको खोजी गर्नेछन् ।
 
चैत ५ गतेसम्म चल्ने उक्त सम्मेलनले विश्वभरका महिलाका लागि साझा घोषणापत्र जारी गर्नेछन् । रासस